२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

भेरीको परीक्षणमा तीस जनामा कोरोना पुष्टि



नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षण्मा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको भेरी अस्पतालले शुक्रवार दिउँसो सार्वजनिक गरेको नतिजाअनुसार बाँकेका १७ सहित बिभिन्न जिल्लाका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

१ सय २१ जनाको स्वाव परीक्षण गरिएकोमा ३० जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । भेरीको प्रयोगशालामा हालसम्म ४६ हजार १ सय ११ जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ कात्तिक १४ गते शुक्रबार
ताजा समाचार