२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु



फाइल तस्विर

नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँकेको जानकी गाउँपालिका वडा नं. ६ प्रजातीपुरका ६५ वर्षीय पुरुषको बुधवार राती १० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

भेरी अस्पतालका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज १० गते बेलुकी अस्पतालको प्रि–आइसोलेशन वार्डमा भर्ना गरि उपचार शुरु गरिएको थियो ।

संक्रमित पुरुषको स्वासप्रस्वासमा समस्या भएपछि उनको रोगको प्रकृतिअनुसार प्लाज्मालगायत उपचारको सबै पद्धति अपनाउँदासमेत उनको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

भेरी अस्पताल, परिवार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा शव व्यवस्थापनको तयारी भईरहेको उनले बताए ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहीबार
ताजा समाचार