२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेका थप अठार जना डिस्चार्ज



नेपालगञ्ज : आइतवार बाँकेका थप १८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमध्ये अधिकांश होम आइसोलेशनमा बसेका थिए ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय २ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

अब आइसोलेशनमा बाँकेका ४ सय १४ र अन्य जिल्लाका १३ गरी ४ सय २७ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार ३६ जनामा कोरोना पुष्टि भएको छ भने २० जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतबार
ताजा समाचार