२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

नेपालगञ्जकी उपमेयर थापालाई कोरोना



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि अस्वस्थ थापाले भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको जानकारी दिइन् ।

उपमेयर थापा बाँकेमा कोरोना रोकथाम र नियन्त्रण तथा प्रभावितको व्यवस्थापनका लागि शुरुवातदेखिनै अग्रमोर्चामा रहेर खटिएकी थिइन् ।

चैत दोश्रोसाता सीमा क्षेत्रमा क्वारेन्टाईन ब्यवस्थापन तथा भारतबाट फर्किएका नेपालीहरुको उचित ब्यवस्थापनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मंगलबार
ताजा समाचार