२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

देशभर पाँच हजार बढी संक्रमित थपिए



काठमाण्डौ : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवार देशभर १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेहरूको संख्या १ हजार २ सय २९ छ । संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेको प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिबार
ताजा समाचार