२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगञ्ज : दाङका कोरोना संक्रमित ७० वर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ती पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिवार विहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

कार्तिक ११ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनमा १२ गते कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक १५ गते शनिबार
ताजा समाचार