२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगञ्ज : दाङका कोरोना संक्रमित ५५ वर्षीय पुरुषको बाँकेमा मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ का पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीवार अपरान्ह मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उच्च रक्तचाप र मधुमेहका विरामी ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज २७ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।

कोभिडको आशंकामा सोही दिन स्वाब परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक ६ गते बिहीबार
ताजा समाचार