२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा सोमवार ४८ जना कोरोनामुक्त



नेपालगञ्ज : कोरोना संक्रमणबाट निको भई बाँकेमा सोमवार थप ४८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा विभिन्न आइसोलेशनसहित अधिकाँश होम आइसोलेशनमा बसेका थिए । सोमवार २० महिला र २८ पुरुष डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

हाल आइसोलेशनमा बाँकेका ३ सय ८० जना र अन्य जिल्लाका १५ गरी ३ सय ९५ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार ५० जनामा कोरोना पुष्टि भएको छ भने २१ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमबार
ताजा समाचार