२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा थप ३१ जना कोरोनामुक्त भई डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा थप ३१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १६ महिला १५ पुरुष गरी ३१ जना शनिवार डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ९३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

अब आइसोलेशनमा बाँकेका ५ सय १० र अन्य जिल्लाका २० गरी ५ सय ३० जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार ३ सय २७ जनामा कोरोना पुष्टि भएको छ भने २४ जनाको मृत्युु भईसकेको छ ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिबार
ताजा समाचार