२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

शुक्रवार बाँकेमा ६० जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ६० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ९२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार बाँकेमा कोरोनाबाट निको हुने दर ७७ दशमलव १० प्रतिशत रहेको छ । अब आइसोलेशनमा ३ सय ४८ जना छन् । बाँकेमा हालसम्म १ हजार ५ सय ४६ जनामा कोरोना पुष्टि हुँदा ९ जनाको भने मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रबार
ताजा समाचार