२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज : बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज वडा नं. १ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनको दुबै फोक्सोमा निमोनिया रहेको बुझिएको छ ।

भदौं ३१ गते कोरोना पुष्टि भएका ति पुरुषको बिहीवार बेलुकी करीब ५ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहीबार
ताजा समाचार