२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेबाट चौध जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा मंगलवार १४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । भेरी अस्पतालका एक स्टाफ नर्स, उच्च अदालतका एक कर्मचारीसहित ४ महिला र १० पुरुष गरी १४ जना डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनिहरुलाई भदौ २३ गते कोरोना संक्रमण देखिएपछि आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ६४ पुगेको छ ।

बाँकेका विभिन्न आइसोलेशन केन्द्रमा अन्य जिल्लाका ५ जना गरी ३ सय ९२ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ६ सय ६२ रहेको छ भने ११ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २०७७ असोज ६ गते मंगलबार
ताजा समाचार