कोरोनाबाट बाँकेमा एक कैदीको मृत्यु

सदरलाइन संवाददाता ५ आश्विन २०७७, सोमबार ०७:५५
 

नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा एक कैदीको मृत्यु भएको छ । सुर्खेत गुर्भाकोट ४ का ५८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा सोमवार विहान सवा ६ बजे मृत्यु भएको हो ।

कर्तव्यज्यान मुद्दामा सुर्खेतमा कैद भुक्तान गरिरहेका उनलाई उपचारका लागि बाँके कारागारमार्फत भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको बाँकेमा मृत्यु भएकोले जिल्लामा मृतकको संख्या ११ पुगेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


भदौं २२ गते भर्ना गरिएका ति पुरुषलाई स्वास्प्रश्वासमा समस्या र दमका पुराना रोगी रहेको श्रेष्ठले बताए । योसँगै बाहिर जिल्ला ठेगान भएका व्यक्तिको बाँकेमा उपचारका क्रममा अछामका १, कैलालीका १, अर्घाखाँचीका १ र सुर्खेतका १ गरी ४ जनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

Next Post

सोमवार बाँकेमा ६ जना डिस्चार्ज

५ आश्विन २०७७, सोमबार ०७:५५
नेपालगञ्ज : बाँकेमा सोमवार थप ६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अब आइसोलेशनमा ३ सय ४१ जना छन् । बाँकेमा हालसम्म १ हजार […]