उपचारको क्रममा मृत्यु भएकी कोरोना संक्रमित महिलाको अन्त्यष्टी

३ असार २०७७, बुधबार २३:३६
 

सदरलाइनडटकम,
बैजनाथ (बाँके) : बाँके बैजनाथ गाउँपालिका–६ सम्झनाकी ४६ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम संस्कार तथा शवको व्यवस्थापन कोबिड–१९ को निर्देशिका बमोजिम बुधबार बिहान गरिएको छ ।

दायाँ फोक्सोमा समस्या देखिएपछि गत ३० जेष्ठमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा भर्ना भएकी उनको असार १ गते सोमबार साँझ उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतकको शव व्यवस्थापनको लागि कोबिड–१९ को मापदण्ड अनुसार नेपाली सेनाले परिवारको सहमतिमा व्यवस्थापन गरेको हो । नेपाली सेनाको भैरव प्रसाद गणको विषेश तालिम प्राप्त टोलीले विषेश सावधानी अपनाउदै बाँके–बर्दियाको सीमाक्षेत्रको माननदीको किनारमा रहेको बाँसगढी नगरपालिकाको जंगलमा गाडिएको हो ।

कोबिड–१९ को संक्रमणको कारण मृत्यु भए शव व्यवस्थापनको लागि आवश्यक पर्ने शव बाहनको अभावमा गाउपालिकाका अध्यक्ष मानबहादुर रुचाल आपैm चढ्ने मोटरमा अस्स्पतालबाट राखेर मानखोलामा लैजानु परेको थियो । उनले शव व्यवस्थापनको लागि विषेश प्रकारको शवबाहन व्यवस्थापन गर्न माग समेत गरे ।


भैरव प्रसाद गणका गणपति तथा प्रमुख सेनानी नहकुल थापाले विषेश सावधानी अपनाएर मृतकको शवको व्यवस्थापन गरिएको जानकारी दिए । कोबिड–१९ को शव व्यवस्थापनको निर्देशिका अनुसार नेपाली सेनाले शवको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री दलबहादुर सुनारले कोबिड–१९ को संक्रमणको कारण ज्यान गुमाउनेको शव व्यवस्थापनको स्थान तथा शव ढुवानीको लागि विशेष व्यवस्था गर्न माग गरे ।

मृतक महिलाका छोराले शव व्यवस्थापन गर्ने स्थलमा सुरक्षित रुपमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसअघि बाँकेको नरैनापुरमा समेत २५ वर्षिय मृतक युवामा समेत कोरोना पुष्टि भएको थियो । यो सँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई जना पुगि सकेको छ ।

Next Post

५८ वर्ष पहिले यसरी भएको थियो चीन–भारत युद्ध

३ असार २०७७, बुधबार २३:३६
सदरलाइनडटकम, काठमाण्डौ : भारतले नेपाली भूभाग अतिक्रमण गरेर सडक बनाएको कुरा नेपाल सरकारले त्यतिबेला थाहा पायो, जब सडक निर्माण सम्पन्न भएर भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्समार्फत उद्घाटन गरे । सिंहले ट्विटरमार्फत यो जानकारी नदिएको भए वा उनको ट्विटलाई सञ्चार माध्यमले स्थान नदिएको भए दशकौं लगाएर सडक निर्माण भएको सरकारलाई […]

सम्बन्धित