भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप बढ्दो

सदरलाइन संवाददाता ३१ असार २०८०, आईतवार १६:१७
 

नेपालगञ्ज : वर्षायाम लागेसँगै विशेष गरी तराई क्षेत्रमा सर्पदंशका बिरामी बढ्दै गएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि सर्पले टोकेका बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा दैनिक १० देखि २०जनासम्म सर्पदशका बिरामी भर्ना भइरहेका हुन् ।

भेरी अस्पताल नेपालगञ्जमा आएका सर्पदंशका बिरामीहरू मध्ये ८० देखि ९० प्रतिशत विषरहित सर्पले टोकेको बिरामी आउने गरेको अस्पतालले जनाएको छ । यो वर्ष वैशाखदेखि अहिलेसम्म १० जना गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आएको र जसमा २ जनाको उपचारको क्रममा मृत्यु भएको अस्पातालले जानकारी दिएको छ ।


हरेक वर्ष नेपालमा ३ देखि ४ हजारको सङ्ख्यामा सर्पको टोकाईबाट मृत्यु हुने गरेको छ । भेरी अस्पतालमा मात्रै गएको वर्ष ३ सय ८० जना सर्पदंशका बिरामी उपचारको लागि आएका थिए । जसमा ८० जनालाई विषालु सर्पले टोकेको र अस्पताल ल्याएका मध्ये ५ जनाको ज्यान गएको अस्पातालले जनाएको छ ।

सर्पले टोक्ने बित्तिकै नजिकैको सुविधा सम्पन्न सर्पदंशको उपचार केन्द्रमा लैजान भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ कन्सल्टेन्ट तथा सर्प दंशका फोकल पर्सन डा कृष्ण प्रसाद आचार्यले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराको क्यान्सर अस्पताललाई बस र एम्बुलेन्स प्रदान

३१ असार २०८०, आईतवार १६:१७
खजुरा (बाँके) : नेपालको नारायणी नदी पश्चिमको एक मात्र क्यान्सर अस्पताल सुशिल कोईराला प्रखर क्यान्सर अस्पताललाई भारत सरकारले १ थान एम्बुलेन्स र १ थान बस उपलब्ध गराएको छ । भारतीय राजदुताबासमा आइतवार एक कार्यक्रमकाबीच अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईलाई एम्बुलेन्स र बस […]