कोहलपुरको झन्डहवामा निःशुल्क पशु स्वास्थ्य शिविर

सदरलाइन संवाददाता २५ चैत्र २०७९, शनिबार १३:१७
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका–९ झन्डहवामा शनिवार निःशुल्क पशु स्वास्थ्य तथा परिजिवी नियन्त्रण घुम्ती शिविरको आयोजन गरिएको छ ।

कोहलपुर नगरपालिका नगर पशु स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको शिविरमा पशुहरुको उपचार, परिजिवी नियन्त्रण, बन्ध्याकरण, रोग नियन्त्रण खोप सहितको सेवा प्रबाह गरिने पशु स्वास्थ्य शाखा प्रमुख गोबिन्द रोकाले जानकारी दिए ।

उनका अनुसार भेटेनरी अस्पताल तथा पशु चिकित्सक सेवा विज्ञ केन्द्र नेपालगन्जका डा रुपेन्द्र कुमार वली, पशु शाखाका चिकित्सक डा.मनोज कार्की, शाखा अधिकृत तिलक प्रसाद आचार्य, दिपा शर्मा, नवीना थापा, लोकेन्द्र बुढा, मिन बिक, धर्मे थारु, भ्याक्सिनेटर टिम, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको टिम शिविरमा खटिएको छ ।


शिविरको उदघाटन शत्र कोहलपुर नगरपालिका–९ वटा अध्यक्ष ओपेन्द्र नाथ योगीको सभापतित्व तथा सामाजिक विकास समितिका संयोजक अनिता बुढाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा कार्यपालिका सदस्य सुनिता बिष्ट राना, वडा सदस्य लल्लन अलि साइलगायतको उपस्थिति रहेको थियो । पशु स्वास्थ्य शाखाले यसअघि ८ वटा शिविर गरिसकेको छ । पशुपालन किसान भएका वडाहरुलाई लक्षित गरि शिविर आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा संघको महाधिवेशनले सिंगारिदैै नेपालगञ्ज

२५ चैत्र २०७९, शनिबार १३:१७
नेपालगञ्ज : राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनले नेपालगञ्ज शहर सिंगारिदै गएको छ । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघको यहि चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने नवौं राष्ट्रिय महाधिवेशनको तयारी तथा प्रचार सामग्रीले नेपालगञ्ज सजिएको छ । कोहलपुरदेखि कार्यक्रमस्थल नेपालगञ्जको होटल स्नेहसम्म राष्ट्रिय युवा संघ नेपालको […]