बाँकेमा मंगलवार बीस जना डिस्चार्ज

सदरलाइन संवाददाता २३ मंसिर २०७७, मंगलवार १३:१९
 

नेपालगञ्ज : बाँकेमा मंगलवार २० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १४ पुरुष र ६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ६६ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।


हालसम्म बाँकेमा ३ हजार ५४ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३९ जनाको मृत्युु भइसकेको छ ।

Next Post

सगरमाथाको नयाँ मापनमा उचाईं बढ्यो

२३ मंसिर २०७७, मंगलवार १३:१९
काठमाण्डौ : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईं ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो […]