जनगणनामा खट्ने सुपरिवेक्षकलाई दुईदिने पुनरताजगी तालिम

सदरलाइन संवाददाता २७ भाद्र २०७८, आईतवार १९:२९
 


नेपालगञ्ज  : राष्ट्रिय जनगणनाको कार्यक्रमलाई पुन सञ्चालनको तयारीका लागि जनगणनामा वडा–वडा तथा टोल–टोलमा खट्ने सुपरिवेक्षकका लागि दुई दिने पुनरताजगी तालिम नेपालगञ्जमा सुरु गरिएको छ ।

जिल्ला जनगणना निर्देशक बेदप्रसाद ढकालले बाँकेमा तथ्याङ्क विभागको सूचीमा सूचीकृत भएका तथा राष्ट्रिय जनगणनाको लागि आवश्यक तालिम लिएका १ सय ४२ जना सुपरिवेक्षकलाई दुई दिनको पुनरताजगी तालिम आइतबारदेखि सुरु गरिएको जानकारी दिए ।

‘कोरोना कहरका कारण स्थगित भएको राष्ट्रिय जनगणनाको कामलाई कोरोनाको प्रकोपको अवस्था अत्यन्तै न्युन भएको अवस्थामा जुनसुकै समयमा पनि जनगणना सुरु गर्ने गरी तयारी अघि बढाउने क्रममा सुपरिवेक्षकलाई पुनरताजगी तालिम आयोजना गरिएको हो’– उनले भने ।


बिगतमा जनगणनाको लागि तयारी गरी सबै सुपरिवेक्षकलाई तयारी अवस्थामा राखिएको अवस्थामा कोरोना कहरका कारण लामो समय जनगणनाको कार्यक्रम स्थगित गरिएको र तालिममा सिकाईएको कुरा लामो समयसम्म सुपरिवेक्षकले भुल्ने वा बिर्सने संभावना भएको कारण उनीहरुलाई पुनरताजगी तालिम दिईएको उनले बताए ।

तालिममा बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडाबाट प्रतिनिधित्व हुने गरी सहभागिता गराईएको छ । दुई दिनसम्म सञ्चालन हुने सो तालिममा केन्द्रीय तथ्याङ्क विभागका निर्देशक अनिल शर्मा, जिल्ला जनगणना कार्यालयका निर्देशक ढकाल, प्रशिक्षकहरुमा राजेन्द्र प्रसाद सिग्देल, संगीता श्रेष्ठ र ओमप्रकाश शाहीले सहजिकरण गर्दै आएका छन् । न्युज कारखानाबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी

२७ भाद्र २०७८, आईतवार १९:२९
जानकी (बाँके) : जानकी गाउँपालिका बाँके जिल्लामै पहिलो पटक बालविवाह मुक्त स्थानीय तह घोषणा हुने भएको छ । यहि भदौ २९ गते गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी भएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा पालिकास्तरीय बालअधिकार समितिका संयोजक भूमिसरा धितालले जानकारी दिइन् । बालविवाहमुक्त गाउँपालिका घोषणा कार्यक्रमको लागि गाउँपालिकाका कार्यवाहक अध्यक्ष […]