२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

भेरीको परीक्षणमा नौ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँके, बर्दिया र जाजरकोटका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा बुधवार गरिएको परीक्षणमा बाँकेका ७ तथा बर्दिया र जाजरकोटका एकएक जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालले पछिल्लो २४ घण्टामा १ सय १८ जनाको स्वाव परीक्षण गरेकोेमा ५ पुरुष र ४ महिला गरी ९ जनामा संक्रमण देखिएको हो । हालसम्म ३५ हजार ३ सय ८४ जनाको कोरोना परीक्षण गरिएकोमा बुधवारसम्म १ हजार ६ स ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भदौ १७ गते बुधबार
ताजा समाचार