२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार
कोरोना कहर !

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो



नेपालगञ्ज  :  बाँकेमा आइतबार कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठका अनुसार कोरोना संक्रमणबाट आईतबार मृत्यु हुनेमा नेपालगञ्ज वडा नं–९ का ५९ वर्षिय पुरुष हुन । उनकोे आइतबार साँझ ८ः ३० बजे मृत्यु भएको जनाइएको छ । उनी राष्ट्रसेवक कर्मचारी हुन ।

गत भदौ १५ गते दिउसो ३ बजे कोरोना संक्रमण पुष्टि भएका उनी सेल्फपेड आईशोलेशन न्यु इन्द्रेणी होटेलमा आइसोलेसनमा बसेको बेलामा उनको अवस्था विग्रदै गएपछि १८ गते पौने ३ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

ती संक्रमित पुरुषमा ३ वर्ष अघिदेखि मधुमेह र ५ वर्ष अघिदेखि मुटुको रक्त नलि बन्द हुने समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । उनको स्वास्थ्यमा सुधार नआएपछि समस्या बढ्दै गएर मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना फोकल पर्शन श्रेष्ठका अनुसार बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म ७ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : २०७७ भदौ २१ गते आइतबार
ताजा समाचार