२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा शुक्रवार राती थपिए १४ संक्रमित



नेपालगञ्ज : बाँकेका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार राती आएको रिपोर्टअनुसार भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा ४ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको परीक्षणमा ५ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परीक्षणमा ५ गरी बाँकेका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि शुक्रवार दिउँसो भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा बाँकेमा १० जना कोरोना संक्रमित थपिएका थिए । योसँगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ७ सय ७४ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिबार
ताजा समाचार