२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना संक्रमित ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बर्दिया ठाकुरबाबा नगरपालिका निवासी कोरोना पोजेटिभ ती पुरुषको स्वास्थ्य अवस्थामा समस्या आएपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याईएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार उनको मंगलवार साँझ मृत्यु भएको हो ।

योसँगै कोरोना कारण उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । यसअघि बर्दियाका १, सुर्खेत, अछाम, कैलाली र अर्घाखाँचीका एकएक जना गरि ५ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधबार
ताजा समाचार