२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दोश्रो लटमा बाँकेका १७ प्रहरीसहित २० जनामा संक्रमण



नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले शुक्रवार दोश्रो पटक जारी गरेको विवरणअनुसार बाँकेमा थप २० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये जिल्ला प्रहरी कार्यालय बाँकेका १७ जनासहित २० जनामा संक्रमण देखिएको हो ।

यसअघि ४० जनामा कोरोना देखिएको मध्ये ४ जना प्रहरी थिए । जिल्ला प्रहरी कार्यालयमा एक जना थुनुवालाई कोरोना देखिएपछि मुद्दाफाँटमा काम गर्नेलाई पनि संक्रमण देखिएको थियो ।

संक्रमितहरुलाई प्रहरी तालिम केन्द्रमा आइसोलेशन बनाएर राख्ने तयारी भइरहेको छ । दोश्रो लटमा नेपालगञ्जका ३ जना संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७७ भदौ १९ गते शुक्रबार
ताजा समाचार