२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

चौधरी ग्रुप बाँसगढीमा कार्यरत ४२ जना मजदुरमा कोरोना संक्रमण



गुलरिया (बर्दिया) : चौधरी ग्रुप (सिजी फुड्स) द्वारा बर्दियाको बाँसगढीमा सञ्चालित कारखानामा कार्यरत ४२ जनामा मजदुरमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २९ पुरुष र १३ महिला रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जको कारोना प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा आइतबार संक्रमण पुष्टि भएकाहरु उद्योगको चाउचाउ कारखानामा कार्यरत मजदुरहरु हुन ।

जसमध्य ३४ जना बाँसगढीका र ४ जना बढैयातालका गरी ३८ जना बर्दियाका हुन भने अन्य ४ जना विभिन्न जिल्लाका भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । यो संगै बर्दियामा कुल संक्रमितको संख्या ४ सय ७ पुगेको छ ।

 

प्रकाशित मिति : २०७७ भदौ २१ गते आइतबार
ताजा समाचार