२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

भेरीको परीक्षणमा थप ३१ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षण बुधवार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका १९ सहित ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बर्दियाका ११ जना र सुर्खेतका १ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । बाँकेको कोहलपुरमा ८ जना, नेपालगञ्जमा ७, राप्तीसोनारी र खजुरामा दुईदुई जनामा संक्रमण देखिएको छ ।

यस्तै बर्दियाको मधुबनमा ७, गुलरियामा १, बढैयातालमा २ र गेरुवामा १ जनाका साथै सुर्खेतको सिम्तामा १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४० जनामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको अस्तालको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ भदौ ३१ गते बुधबार
ताजा समाचार