२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

भेरी अस्पतालको परीक्षणमा १२ संक्रमित थपिए



नेपालगञ्ज : बाँकेमा आइतवार ८ सहित १२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये नबिल बैंकका १ र टलिकमका २ कर्मचारी पनि रहेका छन् ।

यस्तै नेपालगञ्ज वडा नं. १० का १९ महिने शिशुमा पनि संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बर्दियाका २, बठाना मोहतारीका १, बनेपा काभ्रेका १ र नेपालगञ्जका ८ गरी १२ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय ९० जनामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भदौ १४ गते आइतबार
ताजा समाचार