२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा मंगलवारसम्म थपियो निषेधाज्ञा



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा गत आइतवारदेखि लगाइएको निषेधाज्ञाको समयावधि थपिएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा द्रुत गतिमा बढ्दै जान थालेपछि भोली शनिवारसम्म जारी गरिएको निषेधाज्ञाको समय आगामी मंगलवार रातीसम्म थपिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमै कोरोना संक्रमित बढ्दै गएको र शुक्रवार मात्र बाँकेमा ४९ जना संक्रमित थपिएको हुँदा आगामी मंगलवार राती १२ बजे सम्मकालागि निषेधाज्ञाको समय थपिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रबार
ताजा समाचार