२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा एक चिकित्सकसहित थप २८ जनामा कोरोना पुष्टि



सदरलाइनडटकम,
नेपालगञ्ज : एक चिकित्सकसहित बाँकेमा बिहीवार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा जिल्लाका विभिन्न ठाउँका २८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत एका चिकित्सक रहेका छन् । यस्तै बर्दियाका १४ जनामा संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालले बिहीवार जारी गरेको सूचना अनुसार पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमूना परीक्षण गर्दा बाँके र बर्दियाका गरी ४२ जनामा कोरोना देखा परेको हो ।

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहीबार
ताजा समाचार