सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा बुधवार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले बुधवार जारी गरेको सूचनाअनुसार ४ नेपाली सेनासहित बाँकेका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालगञ्जका ४ र कोहलपुरका ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै बर्दियाका ३ जनामा संक्रमण पुष्टि भएको छ । पश्चिम पृतना शिक्षालय कौशिल्यानगरमा कार्यरत ४ जवान नेपाली सेनाका भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
योसँगै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ सय ६७ जना पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ४ सय ५ जना कोरोनामुक्त भई घर फर्केका छन् ।


