सदरलाइनडटकम,
खजुरा (बाँके) : कोरोना संक्रमणपछि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन् । सोमवार विहान कोरोना संक्रमण पुष्टि भएपछि रिजाललाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेशनमा उपचारका लागि राखिएको छ ।
नेपालगञ्ज उपमहानगरका प्रवक्तासमेत रहेका वडाध्यक्ष रिजालले फेसबुकमा सन्देश दिँदै लेखेका छन् ‘वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज मिति २०७७ साउन १९ गते मलाई कोरोनाको संक्रमण देखियो ।’
उनले ‘हाल खजुरास्थित कोरोना बिशेष आइसोलेशन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको छु । हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद ।’ सोमवार वडाध्यक्ष रिजालसहित नेपालगञ्ज उपमहानगरपालिकाका एकजना अधिकृतलाई संक्रमण भएको छ ।


