२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा बिहीवार थपिए २४ कोरोना संक्रमित



नेपालगञ्ज : बाँकेमा बिहीवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट जिल्लाका बिभिन्न पालिकाका गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार बिहीवार नेपालगञ्ज उपमहानगरपालिकामा १ जना, कोहलपुर नगरपालिकामा १७ र जानकी गाउँपालिकामा ६ जना संक्रमित थपिएका छन् ।

बाँकेमा अब कोरोना संक्रमितको संख्या ७ सय ८७ पुगेको छ । जसमध्ये ४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ भदौ ४ गते बिहीबार
ताजा समाचार