२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा थपिए दश कोरोना संक्रमित



नेपालगञ्ज : शनिवार बाँकेका १० सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका ८ तथा नरैनापुर र जानकी गाँउपालिकाका एकएक जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा माछापुछ्रे बैंकका कर्मचारीसहित नेपालगन्जका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार जानकी गाँपालिकाका २३ वर्षीय पुरुष र नरैनापुरका ५५ वर्षीय महिलामा समेत संक्रमण देखिएको छ । यस्तै भेरीमै गरिएको परीक्षणमा तुलसीपुर दाङका ४७ वर्षीय पुरुष र बर्दियाका २४ र २५ वर्षीय दुई पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय १९ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । शनिवार थपिएको १० सहित बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ८६ पुगेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७ भदौ १३ गते शनिबार
ताजा समाचार