२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा आइतवार थपिए २० कोरोना संक्रमित



नेपालगञ्ज : बाँकेमा आइतवार थप २० जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टाको परीक्षणमा बाँकेमा २० र सल्यानको कपुरकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बाँकेको सशस्त्र प्रहरी गुल्मका १५ जना, ग्लोबल बैंकका ३ जना कर्मचारी र कोहलपुरका २ जनामा कोरोना देखिएको जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ७ सय २६ पुगेको छ ।

 

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार
ताजा समाचार