२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

क्वारेन्टाइनबाट फरार तीनै जना पक्राउ



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको एक क्वारेन्टाइनबाट फरार भएका तीन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ को खैरेनी क्वारेन्टाइनबाट मंगलवार राती फरार भएका तीनै जनालाई ईलाका प्रहरी कार्यालय बैजापुरले नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा पठाएको छ ।
बैजापुर प्रहरीका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष खनालको नेतृत्वमा गएको टोलीले क्वारेन्टाइनबाट फरार भएका हेम राज थापा, अरुण ओली, सन्तोष नेपालीलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा बुझाएको हो ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधबार
ताजा समाचार