२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोरोना संक्रमणबाट थप एकको मृत्यु



चितवन : चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिकाका ६५ वर्षीय पुरुषको भरतपुर अस्पतालको आइसियुमा उपचारका क्रममा बिहीवार मृत्यु भएको अस्पतालले जनाएको छ ।

ज्यान गुमाउने पुरुष ६ दिनदेखि आइसियुमा उपचाररत थिए । उनी दीर्घ रोगीसमेत रहेको भरतपुर अस्पतालले जनाएको छ । चितवनमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भदौ ४ गते बिहीबार
ताजा समाचार