२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोरोनाको ग्राफ बढ्यो, बिहीवार थपिए १६७ जना



सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेर दैनिक ७० को संख्यामा आइसकेकोमा पुनः यो संख्या बढ्न थालेको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलले बिहीवार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय १३ जना रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन १ गते बिहीबार
ताजा समाचार