सदरलाइनडटकम,
नेपालगञ्ज : मंगलवार देशभर कोरोनाका १ सय ५० नयाँ बिरामी थपिएका छन् । देशभरका २७ प्रयोगशालामा देशभर ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । देशभर मंगलवार ६ सय ९ जना डिस्चार्ज भएका छन् ।


