२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा पाँच जना कोरोना संक्रमित थपिए



सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका थप ५ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालका अनुसार शनिवार थपिएका नयाँ संक्रमितमा जानकी ३ का २७ बर्षीया महिला, राप्तिसोनारी ७ का ४० बर्षीय पुरुष, कोहलपुर ३ का ३१ बर्षीय पुरुष, १० का ४५ बर्षीय पुरुष र बैजनाथ २ का ३५ बर्षीय पुरुष रहेका छन् ।
योसँगै बाँकेमा संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । दुई जनाको मृत्यु भइसकेको छ भने अब आइसोलेसनमा २८ जना मात्र रहेका छन् ।

प्रकाशित मिति : २०७७ असार २० गते शनिबार
ताजा समाचार