२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा थप दुई जना कोरोना मुक्त



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप २ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालगञ्जस्थित आदर्शनगर आइसोलेशन केन्द्रमा रहेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का ३२ र ३४ बर्षीय दुई जना पुरुष निको भएर शनिवार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
योसंगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या ३ सय ७२ पुगेको छ । अब आइसोलेशनमा २६ जना छन् । दुई जनाको भने मृत्युु भएको छ । बाँकेमा संक्रमितको संख्या ४ सय पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन १० गते शनिबार
ताजा समाचार