२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेको नरैनापुर, नेपालगञ्ज र डडुवा कोरोना संक्रमण मुक्त



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगर, डुडुवा र नरैनापुर गाउपालिका कोरोना मुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार बुधबार (आज) बिहानसम्म नेपालगञ्ज, डुडुवा र नरैनापुरमा कोरोना संक्रमित नभएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन श्रेष्ठले दिएको जानकारी अनुसार बुधबार (आज) सम्म कोहलपुर नगरपालिकाका १०, खजुरा गाउपालिका ४, राप्तीसोनारी २, जानकी र बैजनाथ गाउपालिकामा १–१ जना गरी १८ जना संक्रमित रहेका छन् ।

बुधबार बैजनाथको बनकटवा आईशोलेशनबाट ७ र कोहलपुरको पिपरीबाट २ जना गरी ९ जना कोरोना संक्रमण मुक्त भएर घरफर्केका छन् ।

उनले बाँकेमा ४ वटा आईशोलेशन सञ्चालनमा रहेको जानकारी दिए । अन्य ८ वटा आईशोलेशन सेन्टर खाली रहेका छन् । बाँकेमा अझै पनि २ सय १५ जना विभिन्न क्वारेन्टाईनमा रहेका छन ।

बाँकेमा हालसम्म ३ सय ६८ संक्रमित रहेकोमा ३ सय ४८ संक्रमण मुक्त भएर घर फर्केका छन भने दुईजनाको संक्रमणको कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधबार
ताजा समाचार