सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको नमुना परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय जनाको स्वाब परीक्षण गरिएकोमा बाँकेका २ तथा बर्दिया र सुर्खेतका एकएक जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
नयाँ संक्रमितहरुमा नेपालगञ्ज उपमहानगरपालिका ६ का २८ वर्षीय पुरुष, बैजनाथ गाँउपालिका १ का ११ वर्षीय बालक, सुर्खेतको गुर्वाकोट ६ का ३० वर्षीय पुरुष र बर्दियाको ठाकुरबाबा ५ की ३० वर्षीया महिला रहेकी छन् ।
