२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा थपिए ६ जना कोरोना संक्रमित



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा पुनः कोरोना संक्रमित देखिएका छन । बाँकेका दुई पालिकाका ६ जनामा बुधवार कोरोना संक्रमण देखिएको हो ।
नयाँ संक्रमितहरुमा नेपालगञ्ज वडा नं. २१ का २५ वर्षीय पुरुष र खजुरा गाँउपालिका ८ का ३९ वर्षीय १ महिलासहित ४० र ५२ वर्षीय पुरुष तथा वडा नं. २ का ३२ वर्षीय पुरुष र वडा नं. ३ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ६ सहित दाङका १ र सुर्खेतका १ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ४५० जनाको स्वाव परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २०७७ असार ३१ गते बुधबार
ताजा समाचार