सदरलाइनडटकम,
नेपालगञ्ज : देशभर कोरोनाका १ सय नयाँ संक्रमित थपिएका छन् । देशभरका २८ प्रयोगशालामा देशभर ३ हजार ७ सय ७८ जनाको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
यस्तै देशभर बुधवार २ सय ७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ ।
