सदरलाइनडटकम,
नेपालगञ्ज : दैनिक ज्याला गर्ने मजदुरहरुको स्वाब संकलन गरिएको छ । नेपालगञ्जको त्रिभुवन चोकबाट दैनिक ज्याला मजदुरी गर्ने १ सय ३० जनाको स्वाब संकलन गरिएको हो ।
बिहीवार विहान त्रिभुवन चोक पुगेर स्वास्थ्यकर्मीको टोलीले पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलगायतको उपस्थितिमा स्वाब संकलन गरिएको हो । दैनिक ज्याला मजदुरी गर्ने सर्वसाधारण दिनहुँ विहान त्रिभुवन चोकमा जम्मा हुने गर्दछन् ।
