बाँकेमा भेटियो बेवारिसे शव

३ असार २०७७, बुधबार १४:१९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेमा एक पुरुषको बेवारिसे शव भेटिएको छ । राप्तीसोनारी गाँउपालिका ८ स्थित चंगाई नालाको पुलमा बेवारिसे शव भेटिएको हो । पुल मुनि खोलाको बगरमा शव देखेपछि स्थानीयले खबर गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
अन्दाजी ४० वर्षीय पुरुषको शव विच्छेदनका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए । स्थानीयका अनुसार ति ब्यक्ति मानसिकरुपमा अस्वस्थ रहेको र गाँउघरमा मागेर हिड्ने गरेको थिए ।
भारतीय मुलको जस्तो देखिने ति ब्यक्तिको शवको प्रकृती हेर्दा केही दिन पहिलेनै मृत्यु भएको हुनसक्ने देखिएपनि पोष्टमार्टमको रिपोर्टपछि मात्र वास्तविक जानकारी आउने चन्दले बताए ।

Next Post

घरभाडा छुट गर्न संघको अपील

३ असार २०७७, बुधबार १४:१९
सदरलाइनडटकम, नेपालगञ्ज : घरभाडा छुटका लागि घरधनीका हकमा नेपालगञ्ज उद्योग वाणिज्य संघले सार्वजनिक अपील गरेको छ । संघका तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्वारा बुधवार जारी बिज्ञप्तीमा कोरोनाका कारण थलिएको उद्योग, व्यवसाय क्षेत्रलाई उठाउन घरभाडा छुटको स्वघोषणा गर्न माग गरिएको हो । सार्वजनिक अपीलसँगै घरभाडा छुटका लागि […]

सम्बन्धित