आधारभूत तहका विद्यार्थीका लागि नेपालगन्जमा पढाई उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाको आयोजना

८ असार २०७४, बिहीबार १६:०७
 

सदरलाइनडटकम
८ असार, नेपालगन्ज : सामुदायिक विद्यालय, गुम्बा, गुरुकुल र मदरसामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुको पढाई सीप विकासका साथै उनीहरुलाई पढाईतर्फ आकर्षित गराउने उदेश्यले नेपालगन्जमा पढाई उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय बाँकेको समन्वयमा मंगलप्रसाद श्रोत केन्द्रको आयोजनामा बुधवार संचालन गरिएको सो पढाई उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय बाँकेका विद्यालय निरिक्षक उद्धव श्रेष्ठले कक्षा १ देखि ५ सम्मका बालबालिकाको पढाई सीप बढाउनका लागि यस्ता उत्सवहरु निकै फलदायी हुने बताए ।
उनले बिभिन्न विद्यालयका विद्यार्थीहरुले बनाएका शैक्षिक सामाग्रीको प्रदर्शनीले अन्य विद्यालयका विद्यार्थीहरुको पठन सीपमा टेवा पुर्याउने दाबी गरे ।
प्रारम्भिक कक्षा पढाई कार्यक्रमका क्षेत्रीय संयोजक बखत भण्डारीले कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाई सीप निकै कमजोर भएकै कारण नेपाल सरकारले प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु गरेको जनाउँदै सो कार्यक्रमबाट पढाई सीपमा सुधार हुने बिश्वास ब्यक्त गर्दै भने–‘पढाईको जग बलियो बनाउन शुरु कक्षामै बढी मिहिनेत र परिश्रम गर्नु पर्छ र यस्ता शैक्षिक प्रदर्शनीले विद्यार्थी र शिक्षक दुबैमा उत्साह थप्ने छ ।’
आधारभूत विद्यालय सल्यानीबागका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेणु शेरचनको सभापतित्वमा भएको पढाई उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाको उद्घाटन कार्यक्रममा मंगलप्रसाद श्रोतकेन्द्रका श्रोतब्यक्ति केशव पौडेल लगायतले बालबालिकाको पढाई सीप बढाउन बिशेष ध्यान दिनु पर्नेमा जोड दिए ।
सो श्रोत केन्द्र अन्तर्गतका १९ र प्रारम्भिक कक्षा पढाई कार्यक्रमका ४ गरी २३ वटा विद्यालयले सहभागिता जनाएको सो मेलामा बालबालिकाले बनाएका बिभिन्न शैक्षिक सामाग्रीहरु राखिएका थिए । सो प्रदर्शनीमा तिर्खा प्रावि राधापुरले प्रथम स्थान प्राप्त गरेको थियो भने आधारभूत बिद्यालय घरबारी टोलले दोस्रो तथा आधारभूत विद्यालय सल्यानीबागले तेस्रो स्थान प्राप्त गरेको थियो । सोही अवसरमा शब्द लेखन र चित्रकला प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।
उक्त उत्सव तथा शैक्षिक प्रदर्शनी अवलोकनबाट विद्यार्थीहरु निकै उत्साहित भएको र उनीहरुको पढाई प्रति रुचि समेत बृद्धि भएको पाईएको बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत आशिष बर्माले बताए । सो उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाको आयोजनामा सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्बल तथा एसडीएफ बाँकेले सहयोग गरेका थिए ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघीय समाजबादी उप–महानगर केन्द्रित प्रचारमा

८ असार २०७४, बिहीबार १६:०७
सदरलाइनडटकम ८ असार, नेपालगन्ज : स्थानीय तहको निर्वाचन नजिकै गर्दा संघीय समाजवादी फोरम नेपालले चुनावी अभियानलाई तीब्र पारेको छ । यसक्रममा आफ्नो अभियान नेपालगन्ज उप–महानगरपालिकामा केन्द्रित गदै केन्द्रीय नेताहरु समेत नेपालगन्जमा आएका छन् । नेपालगन्जलाई विभिन्न पार्टीले प्रतिष्ठाको विषय बनाउदै केन्द्रीय तहका नेताहरु आई रहदा फोरम नेपालले पनि जीत आफनो […]