मोटरसाइकल र स्कुटी चोरी गर्ने गिरोह पक्राउ

सदरलाइन संवाददाता २५ श्रावण २०८०, बिहीबार १६:०७
 

दाङ : दाङको तुलसीपुरमा मोटरसाइकल र स्कुटी चोरी गर्ने गिरोह पक्राउ परेका छन् । विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने गिरोहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलनको आयोजना गरेर बिहीबार सार्वजनिक गरेको छ ।

मोटरसाइकल चोरी गर्ने तीन जना र स्कुटी चोरी गर्ने तीन जनालाई विभिन्न समय र स्थानबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला बाँके बैजनाथ गाँउपालिका वडा नं.४ बस्ने १९ वर्षिय बिशाल बुढा सोही ठाउँ बस्ने २८ वर्षिय प्रशान्त खड्का, जिल्ला सल्यान बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० थापाचौर घर भएका २८ वर्षिय मोहन भन्ने मुस्कान घर्ती रहेका छन् ।

अनुसन्धान गर्दै जाँदा मुस्कार घर्तीको योजनामा मोटरसाइकल चोरी गरेको भन्ने खुलेपछि मोहन भन्ने मुस्कान घर्तीलाई तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित नेपालगंजबाट तुलसीपुर तर्फ आउँदै गरेको अवस्थामा यही साउन १४ गते पक्राउ गरी अनुसन्धान जारी रहेको डिएसपी मल्लले जानकारी दिए ।

तुलसीपुर उप महानगरपालिका वडा नं. ५ (ङ) लाईन बस्ने गुड़ जैसवालको प्रदेश ३–०२–०११ प ८६०३ नम्बरको मोटरसाईकल घर अगाडी पार्किङ गरी राखेको अबस्थामा यही साउन ११ गते चोरी भएको थियो ।

त्यस्तै मोहन भन्ने मुस्कान घर्ती र बिशाल बुढाले प्रदेश ३–०२–०११ प. ६०३ नम्बरको मोटरसाईकल चोरी गर्नु पूर्व गत असार २२ गते तुलसीपुर उपमहानगरपालिक वडा नं. ५ स्थित गोदामघर स्थित पार्किङ गरी राखेको सोही ठाउँ बस्ने कमल पुनको रा ७ प ३०८४ नम्बरको मोटरसाईकल चोरी गरेका थिए ।


उक्त मोटरसाइकल सल्यान शारदा नगरपालिका वडा नं. ९ सुनचौर भन्ने स्थानमा लुकाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा रा ७ प ३०८४ नम्बरको मोटरसाईकल समेत बरामद गरेको डिएसपी मल्लले जानकारी दिए ।

यस्तै स्कुटी चोरी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ घर भई हाल वडा नं. ५ बस्ने १६ वर्षिय संकेत, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बस्ने २८ वर्षिय सन्तोष परियार र दंगीशरण गाँउपालिका वडा नं. ६ बस्ने १९ वर्षिय नविन परियार रहेका छन् ।

यही साउन २० गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित सोही ठाउँ बस्ने लिना कठायतको रा ८ प ८४२ नम्बरको स्कुटी आफ्नै घरमा राखेको अवस्थामा च्यानल गेटको ताला फोडेर स्कुटी चोरी भएको थियो ।

चोरी गरेको भोली पल्ट दंगीशरण गाँउपालिका वडा नं. ६ बस्ने १९ वर्षिय नबिन परियारलाई दश हजार रुपैँयामा बिक्री गरेका थिए । नविन परियारले स्कुटी खरिद गरेर घरकोठामा लुकाई छिपाई राखेको अवस्था प्रहरीले बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई चोरी सम्बन्धी कसुर मुद्दा दर्ता गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४२ बमोजिमको कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको डिएसपी मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अतिरिक्त शुल्क फिर्ता नभएपछि नेपालगञ्ज मेडिकल कलेजका विद्यार्थी आन्दोलित

२५ श्रावण २०८०, बिहीबार १६:०७
काठमाण्डौ : नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरू कलेजका सञ्चालक सुरेशकुमार कनोडियाले आफूहरूको माग सम्बोधन नगरेको भन्दै काठमाडौं आएका छन् । एमबीबीएस अध्ययनमा अतिरिक्त शुल्क लिइएकाले सो रकम फिर्ता हुनुपर्ने विद्यार्थीहरूको माग छ । नेपालगञ्ज मेडिकल कलेजले एक लाख ९२ हजार इन्टर्नशिप शुल्क र केयू आबद्धता शुल्क भनेर लिएको एक […]