४४ ग्रामबढी ब्राउन सुगरसहित बाँकेमा चार पक्राउ

४ कार्तिक २०७६, सोमबार १३:३९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके)  : ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध र नगदसहित बाँकेमा चार जना पक्राउ परेका छन् । ४४ ग्राम ३ सय ८० मिलीग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकसहित चार जना आइतवार बेलुका कोहलपुरमा पक्राउ परेका हुन् ।
सुर्खेतको वीरेन्द्रनगर उपमहानगरपालिका वडानं.९ का ३४ वर्षीय कृष्ण बुढा, सोही ठाउँका २१ वर्षीय सबिन चौधरी, नेपालगञ्ज १३ बस्ने २० वर्षीय सञ्जय लोनिया र भारतीय नागरिक कासिम शेषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुरस्थित धिताल पेट्रोलपम्प अगाडीबाट पक्राउ परेका बुढा र चौधरीको साथबाट १६ ग्राम ५ सय २० मिलीग्राम, नेपालगन्ज–२० मनिकापुरबाट पक्राउ परेका लोनियाको साथबाट १७ ग्राम ८ सय ६० मिलीग्राम र कोहलपुरको गोलपार्कबाट नियन्त्रणमा लिइएका शेषको साटबाट १० ग्राम ब्राउन सुगर र डिजिटल तराजु बरामद भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
चारै जनाको साथबाट १ लाख ३९ हजार १ सय ४० रुपयाँ नगद बरामद गरिएको उनले बताए । थप अनुसन्धानका लागि चारै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।


Next Post

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सरसफाई अभियान

४ कार्तिक २०७६, सोमबार १३:३९
सदरलाइनडटकम, नेपालगञ्ज :  बाँके राष्ट्रिय निकुञ्जले पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुले निकुञ्ज क्षेत्रभित्रमा सडकको दुबै छेउमा फालेको फोहर संकलन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा.रामचन्द्र कँडेलको प्रमुख आतिथ्यमा बाँके राष्ट्रिय निकुञ्ज कार्यलय ओभरी बाँके र श्रीमेहर गण ओभरी बाँकेको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको बाँके […]