कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले नगर भित्र आधारभूत तह कक्षा (१–८) संचालन भएका विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको छ । नगरपालिले आधारभूत तह मात्रै संचालन आएका १२ वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको हो ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले कोहलपुर क्षेत्रको शैक्षिक विकासका लागि प्राविधिमा जोडिनुपर्ने बताउदै उनले कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै विद्यालयलाई प्रविधिसंग जोड्ने उद्देश्यले कम्पुटर र प्रिन्टर बितरण गरिएको उल्लेख गरे ।
यसैगरी कोहलपुर नगरपालिककी उपप्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिकाले प्रदान गरेको कम्प्युटरले विद्यालयको प्रशासनिक र विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि सहज हुने बताईन ।
कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले कोहलपुर नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा अब कम्प्युटर हुने भन्दै विद्यालयहरुमा कम्प्युटर आवश्यकताको महसुस गिरी कम्प्युटर उपलब्ध गराईएको जानकारी दिए । कोहलपुरका १२ वटा सामुदायिक विद्यालयलाई ५० हजारका दरले कम्प्युर र प्रिन्टर उपलब्ध गराईएको छ ।