घरभाडा छुट गर्न संघको अपील

३ असार २०७७, बुधबार १७:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : घरभाडा छुटका लागि घरधनीका हकमा नेपालगञ्ज उद्योग वाणिज्य संघले सार्वजनिक अपील गरेको छ । संघका तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्वारा बुधवार जारी बिज्ञप्तीमा कोरोनाका कारण थलिएको उद्योग, व्यवसाय क्षेत्रलाई उठाउन घरभाडा छुटको स्वघोषणा गर्न माग गरिएको हो ।
सार्वजनिक अपीलसँगै घरभाडा छुटका लागि संघले आन्तरिकरुपमा घरधनीसँग छलफलसमेत चलाएको छ । बिज्ञप्तीमा विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण सम्पूर्ण क्षेत्र अस्त व्यस्त बनेको उल्लेख छ ।
सरकारले भाडा छुटका लागि घरधनीलाई अपिल गरेपनि कार्यान्वयनको अवस्था सन्तोष जनक नरहेको विज्ञप्तिमा भनिएको छ । तथापि संघका तर्फबाट विभिन्न निकायमा बैंक ब्याज, घर बहाल कर लगायत सहुलियत तथा छुटका लागि विभिन्न पहलहरु गरि रहेको र आगामी दिनमा पनि गर्दै जाने संघका अध्यक्ष मन्सुरीले बताए ।


Next Post

लकडाउनमा उद्योग र उद्यमीको मर्का बुझ्न नेपाल उद्योग संघको १२ बुंदे सुझवसहितको आग्रह

३ असार २०७७, बुधबार १७:५५
सदरलाइनडटकम, काठमाण्डौं  :  नेपाल उद्योग संघ केन्द्रीय कार्यालय काठमाण्डौले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ ले नेपालमा रहेको उद्योग क्षेत्रमा पुराएको क्षतिलाई न्यूनीकरणको लागि विशेष कदम चाल्न माग गरेको छ । नेपाल उद्योग संघको तर्फबाट अध्यक्ष ओमप्रताप राणा र महासचिव ईश्वरबहादुर गुरुङ्गद्वार संयुक्त रुपमा एक विज्ञप्ती जारी गरी कोरोना भाइरस कोभिड–१९ […]